दफा ८८ज
पुल संस्था – ब्रीज इन्ष्टिच्यूसन) वा एकाई स्थापना गर्न सकिने
(१) दफा ८८ग. को उपदफा (२) को खण्ड –ख) बमोजीम पुल संस्था वा एकाई स्थापना गरी वा ताकी फरफारख सम्बन्धी कार्य सञ्चालन गर्न उपयुक्त हुने देखिएमा विशेष प्रशाषन समूहले बैंक समक्ष अनुरोध गर्न सक्नेछ । त्यस्तो अनुरोध मनासिब देखिएमा बैङ्कले त्यस्तो पुल संस्था वा एकाई स्थापना गरी वा ताकी फरफारख सम्बन्धी कार्य गर्न अनुमती दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजीम स्थापीत संस्था वा एकाईलाई सम्बन्धीत वाणिज्य बैंकवा वित्तीय संस्थाको अधिकार, दायित्व, सम्पत्ती तथा त्यस्तो संस्थाले प्राप्त गरेको कुनै भुक्तानी, समाशोधन वा फछ्र्यौट प्रणालीको सदस्यता समेत रहेको मानिनेछ ।
(३) उपदफा (१) बमोजिम स्थापित वाणिज्य संस्था वा एकाईका शेयरधनी, साहु वा कुनै अन्य व्यक्तिलाई सम्बन्धीत वाणिज्य बैंकवा वित्तीय संस्थाको सम्पत्ती वा अधिकारमा कुनै किसिमको अधिकार हुने छैन ।
(४) पुल संस्था वा एकाईको काम, कर्तव्य र अधिकार तथा त्यस्तो संस्था वा एकाईका पदाधीकारीलिे पाउने पारिश्रमीक र सुविधा बैङ्कले तोके बमोजीम हुनेछ ।
(५) पुल संस्था वा एकाई वा अन्य कुनै संस्था सम्बन्धीत वाणिज्य बैंकवा वित्तीय संस्थाको सम्पत्ती तथा दायित्व हस्तान्तरण गर्नका लागि देहायको कुनै कुरा आवश्यक पर्ने छैनः–
(क) साहु वा कुनै सम्बद्द पक्षको सहमति लिन,
(ख) प्रचलित कम्पनी तथा धितोपत्र सम्बन्धी कानूनले तोकेको प्रक्रिया पूरा गर्न, वा
(ग) सम्बन्धीत वाणिज्य बैंकवा वित्तीय संस्था पक्ष रहेको कुनै करारमा तोकिएको प्रक्रिया पूरा गर्न ।